×

वीरगन्ज १६ असार पर्सा प्रहरीले वीरगन्जमा सुन समातेकाे २४ घण्टा ननबित्दै महानगरीय प्रहरी परिसर काठमाडौंले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले शनिवार बिहान ११.३० बजे चेकजाँचका क्रममा वीरगन्ज अाउन लागेकाे भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । सुन वीरगन्जका ब्यपारीकाे नै रहेकाे र सुन वीरगन्ज हुँदै भारत जानलागेकाे प्रहरीकाे एक उच्यश्राेतले जनाएकाे छ । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जानकारी दिए । सुन कहाँबाट कसरी आयो भन्ने बारेमा अनुसन्धान भइरहेको परिसरले बताएको छ ।

Back to top