×

वीरगंज, ५ असार वीरगंज वडा नं. ११ श्रीपुरमा संचालित ओम् नेशनल एकेडमी (ओम् इन्टरनेशनल कलेज) ले मनमानी ढंगले शुल्क अशुली रहेको छ । कक्षा ११ मा पढने विद्यार्थी त्यस कलेजमा पढाई राम्रो नभएर कक्षा १२ को पढ़ाई खार्काे कलेजमा गर्न खोज्दा जरुरी पर्ने सहमती पत्र अर्थात ट्रान्सफर सर्टी्फिकेटको लागि रु. २७ हजार शुल्क लिएको प्रमाण फेला परेको छ । वीरगंज भिस्वा, सिरोमणि टोल निवासी विद्यार्थी पुजा विश्वकर्मा आफनो कक्षा १२ को पढ़ाई काठमांडू बाट गर्न खोजेकोले ट्रान्सफर सट्रीफिकेटको जरूरी परेको हो र सो सर्टि्फिकेटको लागि ओम् नेशनल एकेडमी (ओम् इन्टरनेशनल कलेज) ले रु. २७ हजार शुल्क लिएको पुजा विश्वकमाले बताईन । कलेजको लेखा शाखामा कार्यरत कर्मचारीसंग फोन सम्पर्कगरि यस विषयमा बुझदा कलेज आएर यस विषयमा प्रिन्सपल सर संग बुझनु भनेर फोन काटी दिए । यस विषयमा जिल्ला शिक्षा विकास तथा समन्वय अधिकारी लिन बहादुर क्षेत्रीसंग बुझदा ट्रान्सफर सट्रीफिकेटका लागि कुनै पनि शुल्क लिन नमिलने वहा बताए । तर ओम् नेशनल एकेडमी (ओम् इन्टरनेशनल कलेज) ले ट्रान्सफर सट्रीफिकेटका लागि २७ हजार शुल्क लिएको विद्यार्थी पुजा विश्वकमालाई ठगेको छ । यस विषयमा ओम् नेशनल एकेडमीका संचालक उमेस चौरसियासंग बुझदा पुरानो बाकी पैसा लिएको बताए । तर कलेजले बिलमा कुनै पनि बाकी बकिवत नलेखेको रहे छ ।

Back to top