×

वीरगन्ज १ असार वीरगन्जको लाल पर्सामा फोहरबाट मोहर बनाउने तालिम सुरु भएको छ । ‘प्लाष्टिक मुक्त, सरसफाइ युक्त हाम्रो वीरगन्ज ’नाराका साथ सुरुभएको उक्त तालिम वीरगन्ज महानगपालिकाका वडा नम्बर २९,३०,३१ र ३२का महिलाहरुलाइ फोहरबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरिने छ । युवा सरोकार समाज नेपालको आयोजना तथा वीरगन्ज महानगपालिकाको आर्थिक सहयोगमा शुक्रबार देखि सुरुभएको तालिमको उदघाटन नगर प्रमुख विजय कुमार सरावगीले गर्नुभएको थियो । कार्यmक्रमा बोल्दै उहाले वीरगन्जलाइ सफ र सुन्दर महानगरपालिका बनाउन महिलाहरुको ठुलो भुमिका रहेको धारण व्यक्त गर्नुभयो ।उहाले फोहरलाइ घरबाट व्यवस्थापन गर्न यो तालिम सुरु गरिएको बताउदै फोहरबाट कम्पोष्ट मल बनाएर मोहर कमाउने बेला आएको बताउनु भयो ।

कार्यक्रमका वरिष्ट अतिथि महानगपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भूसालले महिलाहरुले लिएको यो तालिमले वडालाइ सफवडा बनाउन उपयोगी हुने आशा व्यक्त गनुभयो ।साथै उहाले फोहरलाइ घरैबाट व्यवस्थापन गर्दा कम्पोष्ट मलपनि उत्पादन हुने र वडाहरु सफा हुने कार्यमा यो तालिम अतिउपयोगी हुने बताउनु भयो ।

युवा सरोकार समाजका अध्यक्ष सुरज कुमार कुर्मिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षक माधव दहाल,मनोज कुमार लगायतका व्यक्तिहरुले तालिमबाट घरेलु महिलाहरुलाइ कम्पोष्ट मलबनाउने शिपको विकास हुने आशा व्यक्त गनुभएको थियो ।
Back to top