×

वीरगञ्ज, २४ जेठ सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा उत्रिएका विद्यार्थीमाथि वीरगञ्जमा प्रहरीले बल प्रयोग गरी घाइते बनाएर नियन्त्रणमा लिएको छ । घोषित कार्यक्रमअनुसार बिहीबार अपरान्ह ४ बजे चक्काजाम गर्न माइस्थानमा पुगेका नेपाल विद्यार्थी संघआवद्ध विद्यार्थी नेताहरुलाई प्रहरीले लाठी चार्ज गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीले नेपाल विद्यार्थी संघ पर्साका संयोजक दिलीपराज कार्की, नेता मनोज साह, केन्द्रीय सदस्य सुधीर पटेल, बद्री तिवारीलगायतका १२ जना विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिई छोडेको हो । उनीहरुलाई प्रहरीले कुटपिटसमेत गरेको थियो ।

प्रहरी नियन्त्रणबाट मुक्त भएपछि घाइते विद्यार्थीहरु उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेका छन् । घाइतेमध्ये धेरैको हात र खुट्टामा चोट लागेको विद्यार्थी नेता मनोज साहले बताए ।

Back to top