×

वीरगंज, जेष्ठ १२ - हिन्दू परिषद नेपाल प्रदेश नं. २ कमिटीले आज वीरगंज महानगरपालिका वडा नं. १६ नगवा स्थित बौद्धीमाई मन्दिर वृहत सर सफाई कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश नं. २ का अध्यक्ष सच्चितानन्द दुबेको सभापतित्वमा सम्पन्न सरसफाई कार्यक्रममा परिषद्का जिम्मेवार व्यक्तित्व, नागरिक समाज, प्रहरी एवं सर्वसाधारणको सक्रियतामा भएको थियो । बौद्धीमाई मन्दिर नजिक रहेको काली मन्दिर, गढिमाई मन्दिर, शनिचरामाई मन्दिर, हनुमान मन्दिरलाई समेत सरसफाई गर्नुको साथै सो क्षेत्रमा धार्मिक एवं सामाजिक कार्यमा योगदान पुर्याएकोमा ११ जनालाई समेत सम्मान गरिएको थियो ।

समानित हुनेहरुमा वडाअध्यक्ष श्यामबाबु चौरसिया, मन्दिर संचालक समितिका अध्यक्ष रामअधार चौरसिया, बजार व्यवस्थापन संयोजक अशोक पटेल, नगवा प्रहरी चौकीका स.ई. अजय कुमार झा, पुर्व प्रहरी नागेन्द्र यादव, मन्दिरका पुजारी महालक्ष्मी देवी, समाजसेवी अनवत राउत कुर्मी, विनोद चौरसिया, भोला साह कानु, मुन्ना साह, बौद्धीमाई धर्मशाला समितिका अध्यक्ष रविन्द्र श्रीवास्तवलाई सम्मान गरिएको थियो ।

नगवामा सम्पन्न सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले धार्मिक एवं समाजिक कार्यमा अग्रसर हुन सम्पूर्ण हिन्दूहरुलाई आग्रह गर्दै समृद्ध समाज निर्माणका लागि समाजिक विकृतिलाई समेत निर्मुल पार्न आ—आफ्नो तर्फबाट नेतृत्वदायि भुमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

सरसफाई कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, सुरेश साह कानु, संजय सर्राफ, सुकदेव साह कानु, भुपेन्द्र पौडेल, रामेश्वर प्रसाद गुप्ता, प्रदेश नं. २ का उपाध्यक्ष भरत सर्राफ, कोषाध्यक्ष अन्शु कुमार, सहकोषाध्यक्ष नन्दु यादव, नारायणी अञ्चल अध्यक्ष हरेन्द्र बाबा, उपाध्यक्ष छविलाल उप्रेती, महिला संगठन केन्द्रिय सदस्य रेखा साह, नारायणी अञ्चल महिला कमिटि अध्यक्ष गोमा उपाध्याय, परिषद पर्सा जिल्लाका वरिष्ठ ओमप्रकाश गुप्ता, युवा संगठन पर्साका अध्यक्ष अखलेश साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

Back to top