×

वीरगंज, जेष्ठ ११ - स्वास्थ्य सेवामा अग्रसर मानिएको वीरगंज हेल्थकेयर हस्पिटलले मुटु रोग उपचारका लागि विशेष आधुनिक यन्त्र ल्याएको छ । अस्पतालले विगत दुई हप्तादेखि मुटु सम्बन्धी रोगहरुको प्रशिक्षण तथा उपचार विशेष यन्त्र क्याथलैबमार्फत भईरहेको जनाएको हो ।

नेपाल तथा भारतबाट स्वास्थ्य उपचारका लागि आउने विभिन्न विरामीहरुको सफलता पुर्व उक्त यन्त्रको प्रयोगले उपचार चलिरहेको अस्पताल पर्शसंले बताएको छ ।

अस्पतालमा क्याथलैब मेसिनले एनजिओग्राफी, एनजिओप्लास्टी, कार्डिएक स्टेन्ट जडानको व्यवस्था समेत शुरू गरेको अस्पताल प्रबन्धक जयमोद ठाकुरले एक प्रेस विज्ञप्ति जारि गरि जनाएका छन् ।

एनजिओग्राफी रु ६ हजार र एनजिओप्लास्टी रु १ लाख सहुलियत दरमा साथै अति विपन्न गरिबहरुलाई स्थानीय निकायको सिफारिसमा अझै सक्दो सहुलियत दरमा उपचार सेवा शुरु गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त मेसिनको मदतबाट हृदय रोग सम्बन्धी उपचार गर्नुको साथै मुटुभित्रको सेल सञ्चालन नभएमा ब्याट्री पर्मानेन्ट पेसमेकर राखी पुनः मुटुलाई परिचालन गर्न सकिने प्रबन्धक ठाकुरले बताए ।

उक्त मेसिनबाट नेपाल–भारतका बिरामीहरुले सहुलियत दरमा उपचार सेवा पाइरहेको प्रबन्धक ठाकुरले विज्ञप्ति मार्फत जनाका छन् । साथै मध्यतराईको पहिलो निजी स्तरको अस्पतालले यसरी पहिलोपटक वीरगंजमा मुटुरोगको क्याथलैबसहितको उपचार सिसियु, आइसिसियु, आइसीयु, मृगौला रोगको उपचार तथा डायलोसिस सेवा, चौबीसै घण्टा सर्जरी सेवा, नवजात शिशु उपचार तथा एनआइसियु सेवा, टाउकोमा चोटपटक लागी रगत जमेको अपरेशन चौबीसै घण्टा न्यूरो सर्जरी सेवा, हाडजोर्नी सम्बन्धी विशेषज्ञसहितको चौबीसै घण्टा उपचार सेवा, नाक, कान, घाँटी, सिटी स्क्यान, आधुनिक कम्प्युटराइज्ड एक्सरेद्वारा विगत सात वर्षदेखि यस मध्य तराईको जनतालाई सेवा दिइरहेकोमा थप नयाँ सेवाको रुपमा क्याथलैबबाट मुटुरोगको दुई हप्तादेखि उपचार भइरहेको प्रबन्धक ठाकुरले जानकारी गराएका छन् ।

Back to top