×

वीरगञ्ज, ६ बैशाख नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा वीरगञ्जको मानव सेवा आश्रममा एक कार्यक्रमको आयोजना गरिएको छ । संघको ४९ औं स्थापना दिवसको अवसर पारेर नेविसंघ पर्साले बिहीबार आश्रममा खाद्यान्न वितरण कार्यक्रमको आयोजना गरेको नेविसंघका नेता मनोज साहले जानकारी दिए ।

विद्यार्थी नेता दिलिपराज कार्कीको संयोजनमा भएको कार्यक्रको प्रमुख अतिथि पूर्वसांसद अनिल रुङ्गटा थिए । नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमको अध्यक्षतामा भएको कार्यक्रका विशिष्ट अतिथि २ नम्बर प्रदेश सांसद ओमप्रकाश शर्मा थिए । सो अवसरमा मानव सेवा आश्रमका आश्रितहरुको सहयोगार्थ २० किलो चामल, १० किलो दाल, ५ किलो अनार, १० लीटर खानेतेल र मिठाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमा विद्यार्थी नेता राकेश यादव, मनोज साह, श्रीकान्त यादव, विकास तिवारी, देव पटेल, सुरेन्द्र लामिछानेलगायतको सहभागिता थियो । वक्ताहरुले नेविसंघ अब सामाजिक परिवर्तन र गुणस्तरीय शिक्षाको पक्षमा उभिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

Back to top