×

वीरगंज,वैशाख २ – नयाँ वर्षको आगमनसँगै सिरुवा पर्वको रौनक देशभरी छाएको छ । यो पर्व राजवंशीसँगै कोच समुदायभित्रका ताजपुरीया, गनगाई, धिमाल, माझीलगायतका अरु समुदायले पनि ठूलो महत्वका साथ मनाउने गर्दछन् ।कोच आदिवासी समुदायमा वर्षको सुरुमा मनाइने सबैभन्दा पहिलो र ठूलो पर्व नै सिरुवा हो । सिरुवाको अर्थ होली या लेपन भन्ने पनि बुझिन्छ । कोच भाषा तथा इतिहासका जानकार बाह्रदसी गाँउपालिका वडा नम्बर ५ निवासी खड्ग राजवंशी सिरुवा पर्वका बारेमा भन्नुहुन्छ, ‘ सिरुवा हरेक नयाँ वर्षको सुरुवातसँगै मनाइन्छ ।

यो पर्व ३ दिनसम्म मनाइन्छ । पहिलो दिन बिश्वा जल सिरुवा, दोस्रो दिन काद ,९हिलो० सिरुवा, तेस्रो दिनमा रङ सिरुवा खेल्ने गरिन्छ । सिरुवा राजवंशीलगायत अरु कोच समुदायको विशुद्ध मौलिक, धार्मिक, सांस्कृतिक पर्व हो ।’

विश्वा अर्थात जल सिरुवा

पहिलो दिन अर्थात वैशाख १ गते तदनुसार ‘बांग्ला पात्रो अनुसार वर्षको अन्तिम दिन नयाँ वर्षलाई स्वागत गर्नै लाग्दा यस वर्षको दुःख, कष्ट, रोग र सम्पूर्ण दुष्भावहरु यसै वर्ष पखालिएर जाउन र नयाँ वर्षमा ती दुःख, पीडा, नकारात्मक सोच नदोहोरियोस भनेर छरछिमेक, इष्टमित्र र परिवारजनबीच एक–आपसमा जल अर्थात पानी छ्यापेर प्रतिकात्मक रुपमा बरुण देवको पूजा गरिन्छ ।’जल सिरुवाको दिन शरीरमा पानी छ्याप्दा यसले शरीरमा शितलता प्रदान गर्नुका साथै शरीरका सम्पूर्ण बिकारहरु पखालिने र परिवारजनमा बरुण देवको सधँै कृपा रहने विश्वास जनमानसमा रहेको पाइन्छ । जल सिरुवाकै दिन राजवंशी समुदाय भित्र आफ्नो घर, गोठको चाल ९छाना० र ढोकामाथि लसुन प्याज झुन्ड्याउने चलन रहेको छ । राजवंशी समुदाय सनातन हिंदु धर्म अन्तर्गत खत्रीय ९क्षेत्री० वर्गमा पर्दछन् ।धार्मीक ग्रन्थका अनुसार पौराणिक कालमा परशुराम ऋषिको मातालाई क्षेत्रीहरुले अपमान गरेको हुँदा त्यही क्रोधका कारण परशुराम ऋषिले क्षेत्रीहरुको सग्लो वंश विनाश गर्न लागेका थिए र यसबाट बच्नका लागि यो समुदायमा आफ्नो घर गोठमा लसुन प्याज बाँध्ने चलन सुरु भएको किम्बदन्ती छ ।

यसैदिन बेलुका ७ किसिमका सागसब्जीहरु मिसाएर सागसागी पकाइन्छ जुन पकाएको भोलिपल्ट बिहान ९बांग्ला १ तारिख, नेपाली २ गते ० खाने चलन छ । यसलाई ‘चैतेर नान्हा बैशाखत’ भन्ने गरिन्छ । यसरी विभिन्न सागसब्जी मिसाएर पकाउँदा पेटको सम्पूर्ण बिकार र रोगबाट मुक्त हुने बिश्वास रहेको छ ।

गाउन सक्छन् । यसरी संस्कार संस्कृति हराउँदै जानुमा नयाँ पुस्ता आफ्नो भाषा, धर्म संस्कार प्रति सचेत नहुनु एउटा कारण हो भन्ने धेरैको बुझाई छ ।

Back to top