×

वीरगन्ज २१ चैत बीरगंजलाई आधुनिक तथा व्यापारिक शहरको रुपमा स्थापित गर्न अन्तत मेनरोड फराकिलो हुने भएको छ ।

सिक्स लेन सडक परियोजना तथा व्यापारिक मार्ग परियोजनाले सडक विस्तारका लागि जिल्ला प्रशासन कार्यालयलाई परवानीपुर देखि गण्डक चौक हुदै पावर हाउस सम्म र नेपाल भारत सिमा क्षेत्र मितेरी पुल देखि रजत जयन्ती चौक सम्म दायाबाया २५/२५ मिटर सडक फराकिलो गरिने भएको हुंदा आवश्यक सहयोग उपलब्ध गराउन माग गर्दै पत्र पठाएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताउनु भयो ।

पथलैयाबाट परवानीपुर हुदै अलौ र आईसिपी सम्म सिक्स लेन सडक परियोजना विस्तार भई सकेको अवस्थामा परवानीपुर देखि बीरगंजको मेनरोड हुदै भारतको रक्सौल सम्म पनि दायाबाया २५/२५ सडक विस्तार गर्ने कार्य यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने गरी अगाडी बढेको श्रोतले जनाएको छ ।

बीरगंजको सडक फराकिलो गर्नका लागि प्रहरी प्रशासन संग सिक्स लेन सडक परियोजना र व्यापारिक मार्ग सडक परियोजनाले सुरक्षाको लागि विशेष आग्रह गरेसंगै सोमबार सिमरामा दुवै परियोजनाको आकस्मिक बैठक समेत सम्पन्न भएको श्रोतले जनाएको छ । यता वीरगंजको पावर हाउस चौक देखि घण्टाघर सम्म पनि दायावाया २५/२५ मिटर सडक फराकिलो बनाउन कुनै समस्या नरहेको र घण्टाघर देखि माईस्थान, आदर्शनगर, अलखियामठ चौक, विर्ता चौक, छपकैया हुदै रजत जयन्ती सम्म समस्या रहेको हुंदा त्यसलाई कसरी समाधान गर्ने विषयमा सम्बन्धित पक्षहरु विच गम्भिर छलफल भई रहेको छ । यता महानगरपालिकाले मुख्य बजार क्षेत्रमा दायावाया १५/१५ मिटर विस्तार गर्न सकिने अवधारणा अगाडी ल्याएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताउनु भयो ।

सडक विभागले भने पहिलाकै नाप नक्सांकन अनुसार यस पटक मेनरोडमा रहेको मुख्य बजारलाई समेत तोडफोड गरी सडक अतिक्रमणहटाएर दायावाया २५/२५ मिटरकै सडक फराकिलो गर्ने अभियानमा जुटेको श्रोतले जनाएको छ ।

बीरगंज वाहेकका अन्य शहरहरुको सडक विस्तार योजना एक साथ अगाडी बढी रहेको बेला विरगंजमा पनि सडक विस्तार कार्यले गति लिएपछि मेन रोडमा घर हुनेहरु आत्तिएका छन । यस पटक स्थिर सरकार र सरकारको स्पष्ट निर्देशनका कारण विरगंजको मेनरोड फराकिलो हुनेमा दुईमत नरहेको श्रोतले जनाएको छ ।

Back to top