×

वीरगंज, ४ चैत्र वीरगंज महानगरपालिका न्यायिक समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । वीरगंज महानगरपालिकाका नगर प्रमुख ९मेयर० विजय कुमार सरावगीले आज एक समारोह विच समितिका संयोजक नगर उप(मेयर शान्ति कार्की, नगर कार्यपालिका सदस्य अरविन्द गुप्ता र बैजन्ति मालालाई सपथ ग्रहण गराउनु भएको थियो ।

वीरगंज महानगरपालिकाको सभा कक्षमा गराइएको सपथ ग्रहण कार्यक्रममा नगरका सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न शाखाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सपथ ग्रहण गर्दै पदाधिकारीहरुले महानगरपालिका, मुलुक र सम्पुर्ण जनताप्रतिनै पुर्ण वफादार रही सत्य र निष्ठापुर्वक इश्वर, देश, जनताका नाममा सपथ लिएका थिए । उहाँहरुले नेपालको संविधान र स्थानिय सरकार संचालन ऐन २०७४ तथा अन्य प्रचलित कानून प्रति पुर्ण बफादार रही वीरगंज महानगरपालिकाको न्यायिक समितको सदस्य पदको कामकाज प्रचलित कानूनको अधिनमा रही काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सपथ ग्रहण पछी उप(मेयर शान्ति कार्कीले महानगरपालिका कार्यालयमा छिट्टै न्यायिक बेन्चको स्थापन गरि सम्पूर्ण न्यायिक कार्यहरुलाई तिब्रता दिने बताउनु भयो ।

Back to top