×

वीरगंज २६ फागुन - सेस्मी इन्टरनेशनल १४ औं वार्षिक उत्सव आज एक समारोहका बिच सम्पन्न भएको छ । विद्यालयका प्रबन्ध निर्देशक मनोज यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की र जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, शिक्षाविद प्राध्यापक डा. दिपक शाक्य, केदार शाह, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, ईकोनोमिक जर्नलिष्ट एसोसिएसन (ईजा)का संयोजक विजय कुशवाहा, ज्ञान वाटिका उच्च मा.वि.का संस्थापक हरिहर प्रसाद यादव, लायन्स क्लवका देव चौधरी, मिनाक्षी गुप्ता, स्मार्ट किड्सका निर्देशक पे्रम शंकर, वुमेन्स स्कील सेन्टरकी चन्चला दास, रेल्वे मा. वि.का प्रधानाध्यापक देवशरण यादव, शिक्षक दिनानाथ रौनियार, बाल रोग विशेषज्ञ डा. शैलेश ठाकुर, त्रिभुवन हनुमान मा. वि.का प्रधानाध्यापक शत्रुधन गिरि, सुरजीदेवी मा.वि.का प्रधानाध्यापक अनिल वर्णवाल, स्थानिय समाजसेवी उपेन्द्र चौबे, शिक्षक महासंघ पर्साका सहअध्यक्ष चन्देश चौहान लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उपमेयर शान्ती कार्कीले वीरगंजको शैक्षिक क्षेत्रमा सेस्मी इन्टरनेशनल स्कुलले छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी बरखु रजकले विद्यालयले आगामी दिनमा गुणस्तरीय तथा उच्च शिक्षा प्रदान गर्ने कुरामा शिक्षा कार्यालय विश्वस्त रहेको बताउनु भयो ।

सोही अवसरमा विभिन्न विधामा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो भने कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन शिक्षक ओम प्रकाश पटेल र शिक्षिका ममता प्रिया जैसवालले गर्नु भएको विद्यालयकी प्रिन्सिपल आश्मा सिंह यादवले बताउनु भयो ।

Back to top