×

वीरगंज, फागुन ११ - महानगरमा देखीएको फोहर व्यवस्थापन समस्यालाई मध्यनगर गर्दै वीरगंज महानगरपालिकाद्वारा हिजो देखि बृहत् रूपमा सरसफाई समबन्धी जागरूकता अभियान सुरु गरिएको छ । वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीको अगुवाईमा सुरु भएको सो अभियान अन्तर्गत महानगरपालिका कार्यालयले हिजो घण्टाघर देखि आदर्शनगर चोक सम्म विभिन्न पसल व्यावासाहीहरुलाई आफ्नो पसलबाट निस्किने फोहर आफै व्यवस्थापन गर्न र महानगरपालिकाको फोहर उठाउने गाडी बिहान र बेलुकी साईरन बजाएर आउदा त्यो गाडीमा मात्र फोहर फ्याक्न आग्रह गरेको थियो ।

कार्यक्रममा नगर प्रमुख सरावगी संगै कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत सुमन श्रेष्ठ, कार्यपालिका सदस्य शुसिल साह कानु, उनका राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, पार्टीका युवा नेताहरु प्रकाश शर्मा, रंजन मिश्रा, आशुतोष चतुर्वेदी, कृष्ण चौरसिया, रोहित वर्णवाल र महानगरपालिका कार्यालयका अन्य कर्मचारी लगयातको सहभागीता रहेको थियो ।

'नगरलाई फोहर मुक्त बनाउनु माहानगरपालिकाको मात्रै नभएर सम्पूर्ण नगरवासीको साझा जिम्मेवारी हो, उपस्थित संचारक्रमिहरु संग बोल्दै मेयर सरावगीले भने, 'महानगरपालिकाले सुरु गरेको यस सरसफाई अभियानमा तपाई सबैले आफ्नो स्तरबाट सहयोग पूर्याउनु पर्छ अनि मात्र हाम्रो महानगर स्वच्छ र सफा हुन्छ ।' नगर क्षेत्र भित्र जथाभावी फोहर गर्ने व्यक्ति माथि फोहर मैला ऐन अनुसार कडा कारबाही र जरिवाना समेत गरिने नगर प्रमुख सरावगीले भने ।

नगर प्रमुख सरावगीद्वारा सुरु गरिएको यस अभियानबाट प्रभावित भएर स्थानीयवासीहरुले खुसि व्यक्ति गर्दै प्रमुख सरावगीलाई स्वागत समेत गर्दै अबदेखि फोहर व्यवस्थित ढंगले निश्चय गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

Back to top