×

वीरगंज १ फागुन राष्ट्रिय जनता पार्टी नेपाल पर्साका बरिष्ठ उपाध्यक्ष भागरिथ मुखिया बिनका आज निधन भएको छ । ७० बर्षिया बिनको उपचारको क्रममा आज बिहान वीरगंजको नेशनल मेडिकल कलेजमा मृत्यु भएको पारिवारजनले जनाएका छन । बिन्दवासनीमाई गाउपालिका वडा नं. २ गर्दौल निवासी बिन प्रजातान्त्रिक आन्दोलनमा आत्मराम ओझा संग ६ बर्ष जेल जिवन बिताउनुभएको थियो । सदभावना पार्टी हुदै राजपा नेपाल सम्म राजनिती यात्रा तय गरेका बिनको पार्थीव शरीरमा राजपा नेपालका महासचिव शिव पटेल पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । बिनको दाससंस्कारममा पर्सा क्षेत्र नं. ३ का सांसद हरीनारायण रौनियार,राजपा नेपालका प्रेमबाबु पटेल, कृष्णा पटेल, लगायतको सहभागिता रहेको महासचिव पटेलले जानकारी दिनुभयो ।

Back to top