×

वीरगन्ज ११ पुष वीरगन्जको सुपर उद्योग ग्याँस उद्योगमा गत बुधबार भएको आगलागीमा परि घाइते भएका मध्ये उद्योगका सुरक्षा गार्ड अम्बिका पटेललाइ पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले नगद ५० हजार रुपैया सहयोग गर्नु भएको छ । वीरगन्जको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेका पटेललाइ आज अस्पतालमै पुगेर सांसद यादवले नगद ५० हजार रुपैया प्रदान गर्नु भएको हो । ग्याँस उद्योगममा आगलगी भएकै दिन सांसद यादवले मृतकहरुलाइ जनही एक एक लाख र घाइतेहरुलाइ जनही ५०÷५० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको थियो । त्यही घोषणा अनुसार सांसद यादवले आज घाइते मध्येका पटेललाइ ५० हजार रुपैया प्रदान गर्नु भएको हो । अर्का घाइते वारुण यन्त्रका चालक सुरेश महत्तोको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेकाले उहालाइ भोलि आफु काठमाण्डौमै गएर ५० हजार रुपैया प्रदान गर्ने सांसद यादवले बताउनु भयो । आगलागीमा परि ज्यान गुमाएका वारुण यन्त्रका कर्मचारीहरु तनहुको ड्ुम्रेका मधुसुदन मिश्रा , सर्लाहीको लालबन्दीका यादव प्रसाद अधिकारी र विराटनगरका सन्जिव नेपालको परिवार अहिले किरीयामा बसेकाले किरीया सकेपछि तीन जनै मृतकका परिवारलाइ एक एक लाख रुपैया आफुले प्रदान गर्ने सांसद यादवले बताउनु भयो । आज अस्पालमा घाइतेलाइ नगद हस्तान्तरण गर्न गएको टोलीमा सांसद यादवसंगै पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनीयार , पर्साका विधायकहरु लालबाबु राउत गद्धी , जन्नत अन्सारी र मन्जुर अन्सारीको पनि उपस्थिती रहेको थियो ।

Back to top