×

वीरगन्ज ५ कात्तिक तराइ मधेसको महान् पर्ब छठ पूजाको अवसरमा वीरगन्जमा घडीअर्वा स्पोर्ट क्लबले भोलि सोमबार बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विगत १० वर्ष देखि हरेक छठ पूजाको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम गर्दै मानवीय सेवामा सरिक हुदै आएको घडीअर्वा स्पोर्ट क्लबले यसपाली पनि छठ पूजाकै अवसरमा भोलि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । घडीअर्वा पोखरी परिसरमा भोलि बिहान सात बजे देखि रक्तदान कार्यक्रम शुरु हुने र उक्त कार्यक्रममा सहभागी भएर रक्तदान गरि मानवीय सेवामा सहयोग गरिदिन हुन क्लबका अध्यक्ष लखनलाल साह कानुले सबैसंग अनुरोध गर्नु भएको छ ।

Back to top