×

वीरगन्ज ४ कातिक प्रहरीले वीरगंजको शिखर होटलबाट जुवा खेल्दै गरेका दुई महिला सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ।

गोप्य सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो।प्रहरीले उनीहरुको साथबाट क्यासिनोमा खेल्ने बोर्ड, क्वाइन र ४० हजार नगद बरामद गरेको छ।

प्रहरीले शिखर होटलमा कोठा बुक गरी जुवा खेलेको आरोपमा सुनसरी प्रकाशपुरकी आकृति बस्नेत, सर्लाही, भक्तिपुरकी अनिता कार्की, कञ्चनपुर बेतकोटका रमेश भट्ट, बैतडी दशरथ नगरपालिका –८ का गगनसिंह थापा, वीरगंज–६ कुमालटोलका लक्ष्मी राम र पर्सा विन्दवासिनी–४ अमरपट्टिका मनोजकुमार चौरसियालाई पक्राउ गरेको हो।

शिखर होटलका संचालककाे मिलाेमताेमा जुवाकाे खेल भएकाे अनुसन्धावाट देखिएकाे छ संचालकलाई पनि पक्राउ गरि कार्वाही गर्ने प्रहरीकाे तैयारी रहेकाे एक प्रहरी श्राेतले यात्रा डेलीलाई बताए ।

Back to top