×

वीरगन्ज २५ असोज एमाले पार्टी सिद्धान्तभन्दा पनि सत्तालोलुप्तामा लागेको आरोप लगाउदै एमालेका वडा अध्यक्ष उम्मेदवार पार्टी परित्याग गरेका छन् । एमालेको मधेस विरोधी नितिको कारण हालैसम्मपन्न भएको स्थानिय चुनावमा ठुलो पराजय भएपनि केन्द्रिय नेताहरुको मधेसप्रतिको सोचमा कुनै परिवर्त नभएको आरोप लगाउदै एमालेका पीएम सदस्य समेत रहेका सुरेश गुप्ता एमाले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।बीरगज माहानगरपालीका वार्ड नम्बर १२ बाट स्थानिय चुनावमा एमालेका वडाध्यक्षका उमेदवार सुरेश गुप्ता सहित दर्जनौ युवाहरुं एमालेका पीएम सदसय सहित परित्यगगरी फोरम नेपालमा प्रबेश गरेका हुन । नव प्रबेशीहरूलाई पार्टिका मधेस प्रदेशका कोषाध्यक्ष एवम वीरगन्ज महानगपालीकाका मेयर बिजय सरावगी र जिल्ला अध्यक्ष प्रदिप यादवले फुलमाला लगाई पार्टी प्रबेश गराएको थिए । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष प्रदिप यादवले मधेस आन्दोलनमा एमालेका नेताहरुले दिएको अभिव्यक्ति र मधेसीयुवाहरुको छातिमा ताकिताकि गरिएको बुलेट प्रहारको जवाफ बाइलटबाट दिएको बताउदै आगामि चुनावमा मधेसबाट एमाले झाडुलगाएर बढारिने बताउनु भयो । उहाले अब मधेस विरोधी शक्तिहरु जतिपनि रगंपरिवर्तन गरेर आएपनि जनताले बुलेटको जवाफ बाइलटबाट दिएर पठाउने बताउनु भयो ।कार्यक्रममा बोल्दै वीरगन्ज महानगपालीकाकामेयर बिजय सरावगीले मधेसको बिकास र हकअधिकारको लडाइ दुवैसंगसगै अगाडि बढने बताउदै नगपालीकाको बिकासको गतिलाइ जनताले छिटै महसुस गर्ने प्रतिवद्धता समेत व्यक्त गनुभयो । उहाले विगतका नेताहरुले विरगन्जमा स्थापित गरेको सबै बेथितिहरुलाइ हटाउदै बिकासको गतिलाइ अगाढि बढाउन कार्यहरु सुरुभइसकेको बताउनु भयो

Back to top