×

वीरगन्ज,९ असोज राष्टिय जनतापार्टीको केन्द्रिय सदस्य एवम सभासद रमेश पटेलको गाउबाट संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बडाअध्यक्षमा विजयी भएका छन् । मधेस आन्दोलनको केन्द्रविन्दु रहेको वीरगन्ज महानगरपालीकाको बडा नम्बर २५मा संघीय समाजवादी फोरम नेपालका वडाअध्यक्षका उम्मेदवार विसराज राउत कुर्मि ६सय ६३ मत प्राप्त गरेर विजयी भएको प्रमुख निर्वाचान अधिकृतको कार्यलयले घोषणा गरेको छ ।नेपाल लोकतान्त्रि फोरमको कोषाध्य एवम सभासद आशा चतुर्वेदिको वडासमेत रहेको सो वडामा फोरम लोकतान्त्रिका उम्मेदवार द्धितिय स्थानमा रहेका छन् । नातामा चतुर्वेदीका भतिजा पर्ने आशुतोष चतुर्वेदीले ५सय ७० मतप्राप्त गरेर निकत्म प्रतिद्धदी रहेका छन् ।वीरगन्ज महानगरपालीकाको सो वडामा राजपाका उम्मेदवार रामाकान्त प्रसाद कुर्मिले ४०९ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेका छन् । राजपाले महामन्त्री राजेशमान सिहलाइ वीरगन्ज महानगरपालीकाको मेयरको उम्मेदवार बनाएपछि अर्का महामन्त्री विमल श्रीवास्तव पार्टी परित्यागगरी नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्दै वीरगन्जको मेयरमा चुनाव लडेका थिए । विमल श्रीवास्तवसंगै लोकतान्त्रिकमा प्रवेश गरेका आशुतोष चतुर्वेदी वडा अध्यक्षमा चुनाव लडेका थिए

Back to top