×

गौर, असोज ०४ - गौर नगरपालिकाको वडा नम्बर २ मा राजपाको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा राकेशकुमार झा विजयी भएका हुन् । यो वडा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको वडा हो ।

गौरको वडा नम्बर १ मा भने फोरम लोकतान्त्रिकका भरत सहको प्यानल नै विजयी भएको छ । मेयरमा भने एमालेको अग्रता कायमै छ । एमालेले १२१४ मत पाउँदा राजपा उम्मेदवारले १०४२ र संघीय फोरमका उम्मेदवारले १२२ मत पाएका छन् ।

Back to top