×

वीरगन्ज, असोज ०४ - पर्सा जिल्लाको जिराभावानी गाउँपालिकाको पहिलो चरणको मतगणनाको विवरण प्राशित भएको छ । निर्वाचन आयोगले गाउँपालिकाको वडा नम्बर १ को पहिलो चरणको मतगणनाको विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार नेपाली कांग्रेस प्रमुखमा ६०१, उप-प्रमुखमा ५६९ र वडा अध्यक्षमा ५४७ मत प्राप्त गर्दै प्रथम स्थानमा रहेको छ भने प्रमुखमा ३०१, उप-प्रमुखमा २५२ र वडा अध्यक्षमा ३७५ मत प्राप्त गर्दै नेकपा एमाले दोश्रो स्थानमा रहेको छ ।

त्यसैगरी प्रमुखमा २५०, उप-प्रमुखमा २६७ र वडा अध्यक्षमा ३८६ मतका साथ् राष्ट्रिय जनता पार्टी (राजपा) तेश्रो स्थानमा रहेको छ भने प्रमुखमा १७३, उप-प्रमुखमा ३५ मत प्राप्त गर्दै फोरम लोकतान्त्रिक चौथो स्थानमा रहेको छ । फोरम नेपालले प्रमुखमा ५५, उप-प्रमुखमा ३६ र वडा अध्यक्षमा ८६ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले प्रमुखमा ५२, उप-प्रमुखमा ६८ र वडा अध्यक्षमा ७१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उप-प्रमुखमा मतरि २०९ मत प्राप्त गरेको छ ।

जिराभवानी गाउँपालिकाको स्थानीय वासीले मतगणना सुस्त भएको गुनासो गरेका छन् । यात्राडेली संग कुरा एक जना स्थानीयले ३१ घण्टामा मात्रै १७७२ मतगणना भएको गुनासो गरे, उनले, "मतगणनाको कार्य एकदमै सुस्त हुँदै छ, यस्तो पाराले निर्वाचन आयोगले ५ दिन भित्र मतगणनाको अन्तिम निर्णय कसरि निकाल्छ, उनले प्रश्न गरे?"

 

Back to top