×

वीरगन्ज ३० भदौ संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवम सांसद लालबाबु राउत गदीले संघीय समाजवादी पार्टीको जित सुनिश्चित भएकोले विपछीदलका नेताहरु अतालिए बडबडाउन थालेको बताउनु भएको छ ।वीरगन्जको वार्डनम्ब २ छपकैयामा पार्टीले आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै सभासद गदीले यस्तो धारण व्यक्त गर्नुभएको हो । उहाले कार्यकर्ताको कर्मठता भन्दापनि नातावाद ,कृपावाद र पैसावादमा टिकट वितरण गर्ने चलन कांग्रेसीमा रहेको कसैसगं लुकेको छैन । उहाले टिकट विक्रिगरेको कारण वीरगन्जको दर्जन भन्दा वढी वडामा वागी उम्मेदवार खडा भएको कुरालाइ लुकाउन केन्द्रिय नेताहरुले अनेकौ षडयन्त्रमुलक प्रचार गरेकोले त्यसबाट सजग रहन महानगवासीलाइ अनुरोध गनुभयो ।नेता गदीले भने ,नेपाली कांग्रेसको चरित्र वीरगन्जेली जनतामाफ छर्लग भइसकेको छ । विगतमा महानगपालीकामा उपमेयर छदा अजय द्धिवेदीले गरेको काम सवैमाझ र्छलंग भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै मेयरका उम्मेदवा विजय सरावगीले वीरगन्जवासीले फोरम नेपालको मसालछाप प्रति देखाएको जनलहरले आफ्नो जित सुनिश्चित भएको बताउनु भयो ।वीरगन्ज वासीले खोजेको परिवर्तनलाइ ५बर्षमै गरेर देखाउने बताउनु भयो । चुनाव हार्ने मानसिकताले केहि कांग्रसीजनहरुले अतालिएर बडबडाएकोमा जनताले २ गतेको परिणाम बाट देखाउने बताउनु भयो । उतारेको बताउनु भयो । कार्यक्रममा बोल्दै सरावगीले आफु जनताको हाकिम र नेता भन्दा पनि सेवक बनेर काम गर्ने बताउनु भयो । उहाले आफुलाइ नेता भनाउदाहरुले २५बर्षम ागर्न नसकेको विकास आफु जितेपछि ५ बर्षमा गरेर देखाउने बताउनु भयो ।वीरगन्जलाइ मुलुककै आर्थिक गन्तव्यको वीरगन्ज महानग बनाउने बताउदै भोजपुरी भाषाको विकासको लागी विभिन्न योजनाहरु लागु गर्ने बताउनु भयो ।

 

Back to top