×

बीरगंज ३१ श्राउन ७० औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आज वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत बिसी प्रधानले ध्वजारोहण गर्नु भएको छ । बीरगंजस्थित भारतीय महावाणिज्य दुतावासमा आयोजित कार्यक्रममा महावाणिज्य बिसी प्रधानले झण्डोतोलन गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशको नाममा जारी गर्नु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा मिराक्ले काईन्डस बीरगंज, नेशनल इफोटेक क्लेज, सिटि डान्स एकेडमी, नेशनल मेडिकल कलेज, दिल्ली पब्लिक स्कुल, डिएभी स्कुल, बीरगंजस्थित गुरुकुल एकेडमी, जिएचपी स्कुल, उम्मि कुसुम गल्स स्कुल, जीवन ज्योती सेकेन्डरी स्कुल लगायत कलेजका बिद्यार्थीहरुले भारतकोे राष्ट्रियता झल्किने खालका गितहरु प्रस्तुत गरेका थिए । पर्सा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत पौडेल, पर्साका प्रहरी उपरीक्षक सुदिप गिरी, सशस्त्र प्रहरी उपरीक्षक शान्ति कार्की, बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, पुर्व अध्यक्ष अशोक बैद्य, उद्योगी समाजसेवी, बुद्धिजिवि, राजनितीक दल, नागरिक समाज, सञ्चारकर्मी लगायत स्थानिय ब्यक्तिहरु उल्लेखनिय उपस्थिती रहेको थियो ।

Back to top