×

वीरगन्ज २९ साउन केहिदिन देखिको अविरल बर्षाको कारण आएको बाढीबाट प्रभावति भएका हजारौ परिवारलाइ वीरगन्ज घडीअर्वा निवासी नगिना साह कानुले आइतवार भोजन तथा बासको निसुल्क बेवस्था गरेका छन ।

शनिवार देखि आएको बाढिको कारण रानीघाट,घडीअर्वा,रानीघाट पुलपारी रहेका तथा अन्य बाढीपिढीत रहेका बेक्तीहरुलाई आफु निसुल्क बास र खानाको कार्यमा लागेको बताएका छन ।

घरवार विहिन भएका बाढि पिडित परिवारलाइ तत्काल राहतको लागी पनि आफुले सक्दो सहयोगमा जुटेको यात्रा डेली लाई बताए ।

मानवीय सहयोग गर्न बेलामा पनि केही राजनितिक सोर्वाथ बोकेका नेता भाेटका लागि मात्र देखिएको घडीअर्वा टोल बासीहरुको गुनासो थियो ।

Back to top