×

वीरगन्ज २६ साउन गृह मन्त्रालयले पर्साको प्रमूख जिल्ला अधिकारीमा विनोदप्रकाश सिंहको सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्यरत सिंह पर्साका प्रजिअका रुपमा आउने भएका छन् ।

गृह मन्त्रालयले पर्साका प्रजिअ केशबराज घिमीरेको ठाउँमा सिंहलाई नयाँ प्रजिअका रुपमा पठाएको हो । घिमिरेको शिक्षा मन्त्रालयमा सरुवा भएको गृह स्रोतले बताएको छ ।

मौखिक रुपमा शिक्षा मन्त्रालयमा सरुवा भएको जानकारी पाएपनि आफूले आफ्नो सरुवाका विषयमा कुनै लिखित जानकारी प्राप्त नगरेको प्रजिअ घिमिरेले बताउनुभयो ।

Back to top