×

वीरगन्ज १४ साउन नेपाल तरुण दलको प्रदेश नं २ स्तरीय बैठक आज सम्पन्न भएको छ । बैठकले प्रदेश नं दुईमा पर्ने आठ वटै जिल्लाबाट तरुण दलका सदस्यहरु सहभागी हुने गरी भाद्र महिनाको पहिलो सातामा वीरगंजमा दुई दिने जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको तरुण दल बाराका अध्यक्ष लुकेश सिँहले जानकारी दिनुभयो । तरुण दल रौतहटका अध्यक्ष नौसाद आलमको अध्यक्षतामा बसेको बैठकमा प्रदेश नं दुईमा पर्ने सबै जिल्लाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । आज बसेको तरुण दलको बैठकमा स्वागत मन्तव्य तरुण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेलले ब्यतm गर्नुभएको थियो भने सहजीकरण तरुण दल बाराका अध्यक्ष लुकेश सिँहले गर्नुभएको थियो ।

Back to top