×

वीरगंज ६ साउन जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते गरी जाली लाईसेन्स बनाउने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण जोगियाही बस्ने दिपक ठाकुर र मोटरसाईकल चालक वीरगंज महानगरपालिका वडा नम्बर १४ श्रीपुर बस्ने उमेश चौधरी रहेका छन् । ना १२ प २५८४ नम्बरको पल्सरमा सवारी उनिहरुको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरुको लाईसेन्स ४ थान, होलोग्राम स्टीकर ६ थान, मोबाईल २ थान, विभिन्न व्यक्तिको फोटोहरु ३८ थान, राजश्व तिरेको रसिद ५ थान, टाईप गरेको तयार कार्ड १ थान, टाईप गरेको कार्ड २ थान, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी ४ थान, प्रवेश पत्रको फाटोकपी ४ प्रति लगाएतको सामाग्रि बरामद गरेको छ ।

पक्राउ परेको भारत विहार रक्सौल जोगियाही निवासी दिपक ठाकुर आर्थीक वर्ष ०६६÷०६७ मा जिल्ला प्रहरी कार्यालय पर्साबाटै सरकारी छाप दस्तखत किर्ते मुद्धामा पक्राउ परी १ वर्ष कैद भुक्तानी गरी छुटेका थिए । जाली लाईसेन्स बनाउने कार्यमा अन्य व्यक्तीहरु पनि संलग्न रहेको खुल्न आएकाले दुवैलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top