×

वीरगन्ज २७ असार वीरगन्जको इनर्वामा एक विवाहिता महिलालाइ तीन जना पुरुषले सामूहिक बलत्कार गरेका छन् ।

भारतको बेतिया घर भइ बाराको जितपुरस्थित माइती घरमा बस्दै आएकी २२ वर्षिया महिलालाइ वीरगन्ज महानगरपालिका वडा नम्बर १९ इनर्वाका ३० वर्षिय तैयब हुसेन, ३० वर्ष कै नूरु अल हक र २९ वर्षिय महम्मद तबरेज अहमदले सामुहिक बलत्कार गरेका हुन् । घरमा लगेपछि तैयब तथा उनका दुइ जना साथी नूरुअल र तबरेज तीनै जनाले यौन सम्पर्क राख्न आग्रह गर्दा नमानेपछि आफु्लाइ तीनै जनाले पालै पालो बलत्कार गरेको पिडित महिलाले बताएकी छिन् । बेतिया जानका लागि जितपुरबाट ट्याम्पु चढेर रक्सौल जादै थिए,टयाम्पुमै तैयब पनि थिए, उनले रात परयो,मेरो घरमा श्रीमती र बालबच्चा पनि छन्, तिमी आज राति मेरो घरमा बस्नु र भोलि बेतिया जानु भनेर आफनो घरमा लगे’मङगलवार जिल्ला प्रहरी कार्यालयमा भेटिएकी पिडित महिलाले घटना बारे जानकारी दिदै भनिन्,‘तर तैयबको घरमा पुगेपछि त्यहा उनको घरका कोहि पनि थिएनन्, दुइ जना पुरुष मात्रै थिए, राति उनीहरुले मसंग यौन सम्पर्क राख्न आग्रह गरे तर मैले मानिन् , त्यसपछि तीनै जनाले पालै पालो मसंग जबरजस्ति गरे ।’भारत बेतियाको जेलमा १० महिनादेखि कैद सजाय भोगि रहेका आफना श्रीमान्लाइ भेट्न सोमबार साँझ डेढ वर्षको दुधे बच्चालाइसंगै लिएर जितपुरबाट बेतिया हिडेकी महिलालाइ तैयबले सोमबार बेलुकी श्रीपुरमा भेटेपछि बास दिन भन्दै इनर्वास्थित आफनो घरमा लगेका थिए । मङगलवार बिहान पिडित महिलाले घटना बारे जानकारी गराएपछि प्रहरीले आरोपित तीनै जना पुरुषलाइ वीरगन्जको घण्टाघरबाट पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।महिलाको स्वास्थ्य परिक्षणको रिपोर्ट बुधबार आउने र पक्राउ गरिएका तीनै जना आरोपित पुरुषलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा कार्वाही प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक जोशीले बताउनु भयो ।

पिडित महिलाको मङगलवार नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गराएर महिला र उनको बच्चा दुवै जनालाइ माइती नेपालमा राखिएको प्रहरी नायव उपरिक्षक जोशीले जानकारी दिनु भयो ।

Back to top