×

वीरगन्ज २६ असार जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न अपराधमा संलग्न एक महिला सहित ४ जनालाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

प्रहरीले विहिबार चोरीमा संलग्न वीरगंज महानगरपालिका ५ बस्ने २५ वर्षिय मुन्ना महतो, सोहि दिन रक्सौलबाट अबैध रुपमा लागु औषध ओसार पोसार गर्दै आएका मुकेश कुमार र वीरगंज ल्याएर भण्डारण गरिरहेका घर डेरा मालिक नरबहादुर र माया केसीलाई पक्राऊ गरि सार्वजनिक गरेको हो । भने जुवातास खेल्नेमा संलग्न ६ जनालाई व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छ ।

रौतहट लौकाहा गाविस २ हाल वीरगंज डेरा गरी बस्दै आएकाअंशु यादवको कोठाबाट चोरीमा संलग्न पक्राउ परेका मुन्ना महतोको घरबाट प्रहरीले ल्यापटप, चार्जर, साडी, हार्ड डिस्क, पानी तान्ने मोटर लगायतको समाग्रि बरामद गरि कानुनि कार्वाही अगाडी बढाएको जिल्लाप्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशिले बताए ।

यसै गरी सुचनाको अधारमा गए राति प्रहरीले वीरगंज महानगरपालिका मुर्लि १५ बस्ने गोविन्द दासको घरमा जुवातास खेलाउदै आएका एक भारतिय सहित ६ जनालाई प्रहरीले पक्राऊ गरि कार्वाही थालेको छ । प्रहरीले भारत मोतिहारी जिल्ला रक्सौल घर भएका रमेश चौधरी, वीरगंज महानगरपालिका १० बस्ने संजय श्रीवास्तव, मुर्लि १५ बस्ने भिमश्रेष्ठ, वीरगंज १३ बस्ने अन्जनी कुमार र १९ बस्ने गोपाल प्रसाद मारवाडीलाई पक्राउ गरि कार्वाही प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

यसै गरी प्रहरीले भारतको सिमावर्ती बजार रक्सौलबाट लुकाई छिपाई अबैध रुपमा लागु औषधओसार पसारमा संलग्न रहेको भारत रक्सौलका सहचालक मुकेश कुमार र वीरगंजमा घरडेरा गरी बस्दै आएका नरबहादुर र माया केसीलाई समेत प्रहरीले पक्राउ गरी कार्वाहीको दायरामा ल्याएको अञ्चल प्रहरी कार्यालय नारायणीका बरिष्ठ प्रहरी उपरिक्षक सुर्य प्रसाद उपाध्यायले बताए ।

उनले भने हामीले अपराधमा संलग्नहरुलाई विभिन्न सुचनाको अधारमा कार्वाहीको दायरमा ल्याएकाछौँ । खासगरी खुल्ला सिमाना भएकाले नेपाल र भारतकाअपराधीहरु मिलेर विभिन्न चोरी र लागु औषधमा संलग्न हुदै आएको देखिन्छ ।

 

Back to top