×

वीरगंज, असार २२ जनता आवास कार्यक्रम जिल्ला समन्वय समिति पर्साको फेरबदल भएको छ । असार १९ गतेको मन्त्रिस्तरीय निर्णयबाट समितिको फेरबदल गरिएको हो । संयोजक राजेन्द्रबहादुर अमात्य, सदस्य राजकुमार गुप्ता, विमल अग्रवाल रहेको समिति खारेज गरेर राजकुमार गुप्ताको संयोजकत्वमा सांसद पूmलझरी देवी र आशा चतुर्वेदी सदस्य रहेको नयाँ समिति गठन भएको छ । सांसद गुप्ता यसअघि पनि संयोजक रहेका थिए ।

Back to top