×

वीरगन्ज २६ जेठ अपहरण तथा सार्वजनिक बन्धक भूmटो मुद्दा गर्ने छिपहरमाई गाउँपालिका, तुल्सीबर्वा निवासी हरेन्द्र कुम्हाल पडितविरुद्ध प्रहरीले कारबाई प्रक्रिया अगाडि बढाएको छ ।

हरेन्द्रले आप्mनै ससुरा मुडली–५ निवासी शिवशम्भु पडित कुम्हाललगायत १० जनाविरुद्ध जिप्रका, पर्सामा मुद्दा दर्ता गराएका थिए । सो मुद्दाको आरोपित मुडली–५ का शिवशम्भु, शिवलाल साह तेलीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेपछि घटना सार्वजनिक भएको हो ।

२०७३ असोजमा उजुरी दिएका हरेन्द्रलाई प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि २०७३/११/२९ गते उच्च अदालतबाट परमादेश जारी गरेपछि पर्सा प्रहरीले जाहेरी दर्ता गरेको थियो । सोही अनुसार प्रहरीले सोमवार दुईजनालाई पक्राउ गरेको प्रनाउ चक्रराज जोशीले बताए ।

घटना विवरण अनुसार हरेन्द्रकी पत्नी सविता देवी २०६७ सालमा छोरीसहित पोइल गएकी थिइन् । हरेन्द्रले छोरी बेपत्ता भएको भन्दै २०७३ मा मुद्दा दर्ता गराएका थिए । हरेन्द्रका ससुरा शिवशम्भु पडित पक्राउ परेपछि हिजो जिल्ला प्रहरी कार्यालयमा हरेन्द्रको पोइल गएकी पत्नी सवितासहित उनकी सात वर्षीया छोरी अपेक्ष्Fा उपस्थित भएपछि तथ्य सार्वजनिक भएको हो ।

प्रहरीले पक्राउ परेका दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिने म्याद थमाएको छ । हरेन्द्रकी पत्नी उपस्थित भएपछि हरेन्द्रले दिएको उजुरी भूmटो भएको र उनीविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएको प्रनाउ जोशीले बताए ।

Back to top