वीरगंजमा गर्मी बढेसँगै बिरामी पनि बढे

19

वीरगंज,  जेठ वीरगंज आसपासका क्षेत्रमा गर्मी बढेसँगै रोगीहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा ज्वरो, झाडापखाला, टाउको दुख्ने बिरामीहरूको सङ्ख्या चारगुणा बढेको छ । नारायणी उपक्षेत्रीय अस्पतालका फिजिसियन डा. राकेश झाले गर्मीको मौसमसँगै बिरामीको सङ्ख्यामा वृद्धि भएको बताए ।
उनले अहिले ओपिडीमा सयको हाराहारीमा एकै दिन विरामी हेर्नु परिरहेको बताए । गर्मी बढेपछि झिंगा र मच्छरबाट पनि सङ्क्रमण फैलिने गरेकोले सफाइमा विशेष ध्यान दिन उनले सुझाए । अहिलेको मौसममा बच्चादेखि बूढासम्मलाई १०६ डिग्रीसम्मको हनहनी ज्वरो लाग्ने गरेको पाइएकोले यस्तो अवस्थामा चिकित्सकको सल्लाह अथवा नजिकको स्वास्थ्य चौकी, अस्पतालमा सम्पर्क गर्न उनले बताए ।
गर्मीको अझै दुई महिना बाँकी रहँदा यस्ता बिरामीहरूको चाप बढने हुनाले रोगबाट उन्मुक्तिका लागि सामान्यतया घण्टामा आधालिटर पानी, प्यास नलागे पनि, पिउन डा. झाले सुझाएका छन् । उनले नुन, चिनी र पानीको मिश्रण झन् राम्रो अथवा जीवनजलको सेवन गर्न पनि सल्लाह दिएका छन् । मुटुका रोगीले चिकित्सकको सल्लाह अनुसार तोकिएको मापदण्डमा पानी सेवन गरे पनि अन्यले पानी र जुस तथा फलपूmलको अत्यधिक सेवन गर्दा राम्रो हुने उनले बताए । गर्मी भयो भनेर हाफ लुगामा बाहिर ननिस्कन उनले सुझाएका छन् । यस्तो बेला झन् रोगविरुद्ध जीवाणुहरूले आक्रमण गर्ने सम्भावना हुने हुँदा सकभर हात ढाकिने गरी पातलो सुविधाजनक लुगा लगाउन आग्रह गरेका छन् ।
घर, अफिस, पसल, आदिमा काम गर्दा सबैले एकअर्का प्रति निगरानी राख्न उनले सुझाव दिएका छन् । गर्मीको कारण जुनसुकै उमेरका व्यक्ति एक्कासि मुच्र्छित हुन सक्ने हुनाले त्यस्तो भएको खण्डमा तुरुन्त नजिकको क्लिनिक, अस्पताल पु¥याउन मदत मिल्ने र बिरामीलाई तत्काल उपचार विधिमा ल्याएर उद्धार गर्न मदत मिल्ने उनको भनाइ छ ।
वीरगंजमा एक सातादेखि गर्मी अत्यधिक बढेको छ । गर्मी मापन गर्नेहरूले दैनिक ३९ देखि ४० डिग्री सेल्सियस भएको बताएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालसँगै वीरगंजमा रहेका करिब १० वटा अस्पताल, एउटा मेडिकल कलेज र नर्सिङ्ग होम, क्लिनिकहरूमा बिरामीको चाप बढेको छ ।