×

भारत महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटना भएको छ। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।

विमान दुर्घटनाको कारणबारे अधिकारीहरूले  जानकारी नदिए पनि अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन्। निर्धारित राजनीतिक कार्यक्रमका लागि कार्यक्रममा सहभागी हुन बारामती गएका थिए। विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको बताइएको छ।

सार्वजनिक भएका तस्बिर र भिडियोमा विमानमा आगलागी भएको र बाक्लो धुवाँ उडिरहेको देखिन्छ। विमान जलेको टुक्रा–टुक्रा भएको देखिन्छ ।

दुर्घटनास्थलमा स्थानीय बासिन्दा र उद्धार टोली खटिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ ।

Back to top