×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍ याउने घोषणा गरेका छन्। सन् २०२५ मा दुई देशबीच भएको ऐतिहासिक व्यापार सम्झौतालाई उल्ट्याउँदै ट्रम्पले सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्।

दक्षिण कोरियाली संसदले अघिल्लो सम्झौताको पूर्ण पालना र अनुमोदन नगरेको भन्दै ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन्। नयाँ महशुल दरले विशेषगरी कार, औषधि र काठजन्य सामग्रीलाई प्रत्यक्ष असर गर्ने देखिएको छ । यो निर्णय सार्वजनिक भएसँगै दक्षिण कोरियाली सेयर बजार कोस्पीमा ठूलो गिरावट आएको छ भने हुन्डाई र किया जस्ता कार उत्पादक कम्पनीहरू दबाबमा परेका छन्। 

दक्षिण कोरियाली व्यापार मन्त्री वार्ताका लागि तत्काल वासिङ्टन प्रस्थान गर्ने तयारीमा छन्। यसअघि ट्रम्पले युरोपेली युनियन र क्यानडालाई पनि यस्तै किसिमको आर्थिक दबाब दिने चेतावनी दिएका थिए।

Back to top