×

नयाँ स्मार्टफोन किन्नु अघि सबैभन्दा बढी प्राथमिकता क्यामेरा गुणस्तरलाई दिइन्छ । धेरै प्रयोगकर्ताबीच धारणा यो हुन् सक्छ कि यदि फोनमा धेरै क्यामेरा छन् भने फोटोहरू त्यति नै राम्रो क्लिक गर्न सकिन्छ ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि के साँच्चै फोनमा धेरै सेन्सर हुनुले फोटो गुणस्तरमा प्रभाव पार्छ वा यो केवल गलत धारणा मात्रै हो ।

आजकाल चार ओटा सेन्सर भएका फोनहरू धेरै प्रचलनमा छन्, जसमा हरेक सेन्सरको छुट्टाछुट्टै काम हुने गर्दछ । हामी यो लेखमार्फत तपाईंलाई यी चारै सेन्सरहरूको काम बुझाउने प्रयास गर्नेछौं ।

वाइड एंगल लेन्स

सामान्यतया, केहि वर्षअघि सम्म फोनहरू केवल वाइड एंगल लेन्सको साथ आउँथे, तर अब स्मार्टफोनहरू चार–चार ओटा सेन्सरको साथ सार्वजनिक गरिएका छन् । यो सेन्सरको प्रयोग सबैभन्दा बढी फोनमा गरिन्छ त्यसैले सबैभन्दा पहिले यसको काम बुझौं ।

यो सेन्सरको सबैभन्दा बढी प्रयोग गरिन्छ भने यसको काम पनि बाँकी सेन्सरहरूको तुलनामा बढी हुन्छ । दैनिक फोटोग्राफीको लागि यो सेन्सर सबैभन्दा राम्रो हो । चाहे जतिनै सस्तो फोन किन नहोस्, त्यसमा यो सेन्सरलाई नै प्राथमिक सेन्सरको रूपमा हालिएको हुन्छ ।

अल्ट्रा–वाइड एंगल लेन्स

स्मार्टफोनहरूमा आजकल सेकेन्डरी क्यामेरा धेरै जसो प्रयोग हुने गरेको छ । यसलाई कम्पनीहरूले अल्ट्रा–वाइड एंगल लेन्स भन्छन् । अर्थात्, त्यो सेन्सर हो जुन वाइड एंगल लेन्सको तुलनामा बढी गहिराइ र क्षेत्रको साथ फोटो कैप्चर गर्न सक्छ ।

यसलाई यसरी बुझ्नुस् कि तपाई कुनै चिजको फोटो क्लिक गर्दै हुनुहुन्छ र त्यसका लागि बढी एंगलको आवश्यकता छ भने यस अवस्थामा स्वचालित रूपमा अल्ट्रा–वाइड एंगल लेन्सको काम सुरु हुन्छ ।

वाइड–एंगल लेन्समा ७९–८० डिग्री फील्ड अफ भ्यू पाइन्छ, जबकि अल्ट्रा–वाइड एंगल लेन्समा ११७–१२३ डिग्री फील्ड अफ भ्यू पाइन्छ ।

 म्याक्रो लेन्स

म्याक्रो लेन्स साना चिजहरूको फोटो क्लिक गर्नको लागि दिइन्छ । यसलाई आजकलका स्मार्टफोनहरूमा राख्न थालिएको छ ।

कुनै विशिष्ट विषयमा फोकस गर्नुपर्दा त्यस अवस्थामा यही लेन्स सबैभन्दा प्रभावकारी हुन्छ, साना–साना चिजमा फोकस गर्नका लागि यो लेन्स सबैभन्दा सही हुन्छ । फूल–पातको फोटो लिनको लागि यही लेन्सको प्रयोग गर्न सल्लाह दिइन्छ ।

 टेलीफोटो लेन्स

टेलीफोटो लेन्स प्रत्येक प्रयोगकर्ताका लागि नयाँ चुनौती हो । यसलाई धेरैले बुझ्न सक्दैनन् । यसलाई सामान्यतया महँगा स्मार्टफोनहरूमा प्रयोग गर्ने गरिन्छ । यो सेन्सर धेरै टाढाका तस्बिरहरू कैप्चर गर्नको लागि प्रयोग गरिन्छ ।

Back to top