×

बारा । बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, कोल्हवी नगरपालिका वडा नम्बर २ निवासी ६३ वर्षीय हस्त बहादुर ठोक्करको घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार, ठोक्कर बिहान घाँस काट्न जंगलमा गएका थिए, तर समयमै घर नफर्केपछि उनका आफन्त र स्थानीयले खोजतलास सुरु गरे। खोजी गर्दा जंगलमा उनी जंगली हात्तीको आक्रमणबाट मृत अवस्थामा फेला परेका थिए।

शवको मुचुल्का तयार गरेपछि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको सापकोटाले जानकारी दिएका छन्। घटनाले बारामा जंगली जनावरहरूको आतंकको विषयलाई पुन: सतहमा ल्याएको छ।

Back to top