×

ओट्स स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । ओट्समा भिटामिन ए, भिटामिन बी, प्रोटिन, क्याल्शियम, जिंक, म्याग्नेशियम, आइरन, पोटाशियम, फाइबर आदि पोषक तत्वहरु पाइन्छन् ।

तौल कम गर्नेदेखि लिएर पाचन सम्बन्धी समस्याबाट छुट्कारा पाउनका लागि पनि ओट्स एकदमै फाइदाजनक छ । धेरै जसो मानिस नास्तामा दुधसँग ओट्स खान रुचाउँछन् ।

कतिपयले ओट्सलाई तरकारी तथा मसला राखेर पनि खाने गर्दछन् । तर तपाईंले चाहे ओट्सको पानीलाई पनि आफ्नो खानपानमा समावेश गर्न सक्नुहुन्छ ।

ओट्सको पानी पिउँदा स्वास्थ्यलाई कैयौं तरिकाका फाइदाहरु पुग्दछन् । आउनुहोस् जानौं खालीपेट ओट्स पानी पिउनुका फाइदाहरु र बनाउने प्रक्रियाका बारेमा ।

शरीरलाई डिटक्स गर्छ

ओट्सको पानी एउटा राम्रो डिटक्स पेय पदार्थ सावित हुन सक्छ । बिहान खाली पेट ओट्सको पानी पिउनाले शरीरका विषालु तथा खराब तत्वहरु बाहिर निकाल्न सहयोग पुग्छ । यसमा पाइने एन्टीअक्सीडेन्टले शरीरको फ्रि रेडिकल्सबाट हुने नोक्सानबाट बचाउने गर्दछ ।

तौल घटाउँछ

यदी तपाईं तौल घटाउने बारेमा सोंचिरहनु भएको छ । र आफ्नो खानपानमा केही परिवर्तन ल्याउन चाहनु हुन्छ भने । बिहान खाली पेट ओट्सको पानी पिउनुहोस् । यसले तपाईंको भोक पनि मर्छ र धेरै क्यालोरी शरीरमा लिनबाट पनि जोगिन्छ । जसले गर्दा तौल कम गर्न मद्दत पुग्छ ।

कोलेस्ट्रोल कम गर्छ

ओट्सको पानी मुटुलाई स्वस्थ राख्न पनि फाइदाजनक हुन्छ । कैयौं अध्ययनबाट ओट्स पानीले शरीरमा राम्रो कोलेस्ट्रोलको निर्माण गर्छ भनेर पत्ता लागिसकेको छ । यसका साथै खराब कोलेस्ट्रोललाई कम पनि गर्छ । यसको नियमित सेवनले मुटु सम्बन्धी रोगहरुको जोखिम कम हुन्छ ।

पाचनतन्त्र बलियो हुन्छ

ओट्सको पानी सेवन गर्नाले पाचन तन्त्र स्वस्थ रहन्छ । यसमा घुलनशील फाइबर पाइन्छ जो पचाउन एकदमै सजिलो हुन्छ । यसले बिहान तपाईं दिशा पनि सजिलै खुल्छ । जसले गर्दा कब्जियतको समस्या पनि रहँदैन । यसले आन्द्रामा राम्रो ब्याक्टेरियाहरुको विकासलाई मद्दत गर्दछ ।

रगतमा सुगरको मात्रा सन्तुलित गर्छ

मधुमेहका विरामीहरुका लागि त झन् ओट्स पानीको सेवन एकदमै राम्रो हुन्छ । यसमा भरपूर मात्रामा फाइबर पाइन्छ जसले इन्सुलिन बढ्न कम गर्छ । ओट्स पानीको नियमित सेवनले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छ । यदी तपाईंलाई मधुमेह छ भने डाक्टरको सल्लाहअनुसार खानपिनमा ओट्स पानीलाई समावेश गर्न सक्नुहुन्छ ।

ओट्स पानी बनाउने तरिका

– ओट्सको पानी बनाउनका लागि दुई गिलास पानीमा आधा कचौरा ओटुसलाई रातभरी भिजाएर राख्नुहोस् ।
– बिहान उक्त भिजेको ओट्सलाई पानीसँगै मिक्सरमा पिस्नुहोस् ।
– त्यसपछि उक्त घोललाई गिलासमा निकालेर मह तथा दालचिनीको धुलो मिसाएर खान सकिन्छ ।
– दिनहुँ खाली पेट यसलाई खाँदा स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

Back to top