×

वीरगञ्ज । दशैंको लामो बिदापछि सरकारी कार्यालयहरू आजदेखि पुनः सञ्चालनमा आएका छन्। दशैं पर्वको अवसरमा फूलपातीदेखि द्वादशीसम्म सार्वजनिक बिदा दिइएपछि स्थगित भएका सरकारी सेवा पुनः नियमित रूपमा सञ्चालन हुने भएका हुन्।

दशैंका बेला सरकारले फूलपाती (असोज २२) देखि द्वादशी (असोज २८) सम्म सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको थियो। यस अवधिमा अधिकांश कार्यालयहरू बन्द रहेकाले सरकारी कामकाजमा केही अवरोध भएको थियो। तर, आजदेखि सबै कार्यालयहरू पूर्ण रूपमा खुला भई नागरिकलाई नियमित सेवा प्रदान गर्न थालेका छन्।

सरकारी सेवा लिने नागरिकहरूका लागि पुनः सेवा सुरु भएकोले आवश्यक कामहरू सहजै गर्न सकिने भएको छ। वीरगञ्ज लगायत देशका अन्य सरकारी कार्यालयहरूमा पनि जनताको चाप देखिने अपेक्षा गरिएको छ।

Back to top