×

वीरगञ्ज। नेप्सेमा सूचिकृत कम्पनीहरुले धमाधम आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन् । नेप्सेमा सूचिकृत वाणिज्य बैंकहरुमध्ये हालसम्म ४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । जसमध्ये सानिमा बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन बैंक र एभरेष्ट बैंकले गत वर्षको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् ।

यता विकास बैंकहरुमा भने हालसम्म कामना सेवा विकास बैंक लिमिटेडले मात्रै लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८०र८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । जसमा ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

सानिमा बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशलमव २६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले यस वर्ष बोनश नदिई सो मात्रामा नगद लाभांश दिने निर्णय गरेको हो ।

ग्लोबल आइएमई बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशलमव ५ प्रतिशत बोनश शेयर मात्रै दिने घोषणा गरेको छ । यस वर्ष कम्पनीले नगद लाभांश नदिने भएको छ ।

सिटिजन बैंकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि ० दशलमव २१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले सो लाभांश पारित गर्नका लागि १८ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १२ गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोमा बिहान ९ बजे डाकेको हो।

बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि असोज २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसकारण असोज २३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई कुल १५ दशलमव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये बैंकले १० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ भने ५ दशमलव ५३ प्रतिशत नगद लाभचांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

लाभांश घोषणा भएका बैंकमध्ये सानिमा बैंक र ग्लोबल आइएमई बैंकले बुक क्लोज मिति तय गरेका छैनन् ।

Back to top