×

उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहले गरेको ड्रोन आक्रमणमा चारजना इजरायली सेना मारिनुका साथै ५० भन्दा बढी घाइते भएका छन्।

हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ । गत अक्टोबरमा युद्ध सुरु भएयता इजरायलमाथि भएको यो ठुलो आक्रमण हो।

इजरायली डिफेन्स फोर्स (इडिएफ)ले जनाए अनुसार लेबनान सीमाको ४० माइल पर रहेको सैन्य शिविरमा सो आक्रमण भएको थियो। बिहीबार इजरायलले लेबनानको विभिन्न भागमा गरेको आक्रमणका कारण २२ जनाको ज्यान जानुको साथै ११७ जना घाइते भएका थिए।

अहिले मध्यपूर्वमा अन्तर्राष्ट्रिय निकायसँग पनि इजरायलको तनाव बढी रहेको छ। युनिफिलका ५ जना घाइते भएपछि लेबनानमा रहेको राष्ट्र सङ्घीय पिस किपिङ कोर्सले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनान छाड्न भनेको हो।

Back to top