×

हिजोआज मोटोपनको समस्या आम भइसकेको छ । मानिसले तौल कम गर्न विभिन्न खाले व्यायाम तथा खानपिनमा बदलाव ल्याइरहेका छन् ।

खासगरी व्यायाम गर्दा ऊर्जा र स्टेमिनाको आवश्यकता पर्दछ । त्यसैले व्यायाम गर्नु अघि केही यस्ता खानेकुरा छन् जसलाई तपाईंले खान सक्नुहुन्छ ।

यसले व्यायामको समयमा ऊर्जा प्रदान गर्नुका साथै सम्पूर्ण अभ्यास राम्रोसँग गर्न मद्दत पुग्नेछ ।

१. केरा खानुहोस्

केरा पोषक तत्वको खजाना नै हो । यसमा भिटामिन सी, कार्बोहाइड्रेट तथा अन्य पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छ । जसले पाचन तन्त्रलाई स्वस्थ राख्नुका साथै शरीरमा ऊर्जा दिने काम गर्दछ ।

२. सुख्खा फल

सुख्खा फल जस्तै काजु, बदाम, ओखर, आदिमा प्रोटिन तथा स्वस्थकर फ्याट पाइन्छ । यसले शरीरको ऊर्जा बढाउन मद्दत गर्छ । व्यायाम गर्नुपूर्व ओट्समा सुख्खा फल मिसाएर खान सकिन्छ ।

३.अण्डा

अण्डामा प्रोटिन तथा मिनरल्सहरु पाइन्छ । कुनै पनि अभ्यास गर्नुपूर्व अण्डा खानु एकदमै फाइदाजनक मानिन्छ । एक वा दुईवटा अण्डा उसिनेर खान सकिन्छ ।

४. पीनट बटर

तपाईं व्यायाम पूर्व भोजनमा पीनटबटर खान सक्नुहुन्छ । यसमा पाइने फ्याट तथा कार्बनले शरीरलाई पर्याप्त ऊर्जा दिन्छ ।

५. पर्याप्त मात्रामा पानी पिउने

शरीरलाई हाइड्रेट राख्नका लागि पर्याप्त मात्रामा पानी पिउनु पर्छ । व्यायाम गर्नु अघि पानी पिउन जरुरी हुन्छ र व्यायाम सकिएपछि पनि पानी पिउनु एकदमै जरुरी छ ।

Back to top