×

वीरगञ्ज। पोखरीया गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री जनार्दन सिंह क्षेत्रीले समारोहलाई उद्घाटन गर्नुभएको छ।

उद्घाटन कार्यक्रममा विशेष अतिथि वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको उपस्थितिमा, स्थानीय नेता र समाजसेवीहरू सहित हजारौं फुटबल प्रेमीहरूको भीड जम्मा भएको थियो।

कार्यक्रमको क्रममा मन्त्री क्षेत्रीले युवा खेलाडीहरूको प्रोत्साहन गर्दै खेलको महत्व र विकासका लागि सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले फुटबलले सामुदायिक एकता र स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उद्घाटन कार्यक्रममा स्थानीय टोलीहरूका लागि शुभकामना दिँदै मन्त्री क्षेत्रीले प्रतियोगिताको सफलता र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गर्नुभयो।

यो प्रतियोगिताले वीरगञ्ज र आसपासका क्षेत्रका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

Back to top