×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका युवा नेता अजयकुमार गुप्ता जनमत पार्टीमा प्रवेश गरेका छन्। उनी मधेस आन्दोलनमा सकृय रुपमा सहभागी हुँदै आएका थिए। आइतबार पर्सा जिल्लाका जनमत पार्टी अध्यक्ष ओमप्रकाश सर्राफ र नेतृ अनिता रोइनीयारको हातबाट पार्टी सदस्यता ग्रहण गर्दै गुप्ता औपचारिक रुपमा पार्टीमा समावेश भएका हुन्।

गुप्ताले मधेसको मुक्ति र मधेसी जनताको हकअधिकारको लागि संघर्ष गर्ने एकमात्र दलको रूपमा जनमत पार्टीलाई देखेका कारण पार्टी प्रवेश गरेको बताएका छन्। उनले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको राजनीतिक दूरदर्शिता र नीतिले आफूलाई प्रभावित बनाएको पनि उल्लेख गरे।

सो अवसरमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले गुप्ता जस्ता मधेस आन्दोलनमा अहोरात्र खटिएका युवा नेताहरूको आगमनले पार्टीलाई अझ सशक्त बनाउने बताए। सर्राफले मधेसमा जनमत पार्टीको लोकप्रियता बढ्दै गएकोमा खुशी व्यक्त गरे।

गुप्ताको जनमत पार्टीमा प्रवेशले मधेस आन्दोलनमा एक नयाँ उत्साह थपिएको विश्वास गरिएको छ।

Back to top