×

वीरगञ्ज । मधेस प्रदेश स्तरीय यू-१९ क्रिकेट छनौट प्रतियोगितामा पर्साले शानदार प्रदर्शन गर्दै सिरहालाई ५ विकेटले पराजित गरेको छ। बाराको कलैयामा आइतबार सम्पन्न खेलमा पर्साले सिरहाले दिएको १०१ रनको लक्ष्य १८.२ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो।

पर्साका लागि शेख इमरानले सर्वाधिक ३८ रनको योगदान दिए भने अनुज चौहानले २२ रन बनाउँदै टिमलाई सशक्त अवस्थामा पुर्याए। सफवान अलीले अविजित रहँदै १८ रन बनाएर टिमलाई जितसम्म पुर्याए। सिरहाका बलर अफरुदिन रैनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने नुमाद अहमद र जय दासले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिरहाको टिम १७.३ ओभरमा अलआउट हुँदै मात्र १०० रनको योगफल खडा गर्न सफल भयो। सिरहाका लागि शैलेन्द्र साहले ५४ रनको उल्लेखनीय प्रदर्शन गरे भने कमरुदिन सिद्धिकीले १० रन बनाए। तर, अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन्। पर्साका बलर रन्जित कुमारले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। चन्दन राम, अरबाज अन्सारी, अनुज चौहान र सोनु कुशवाहाले समान १/१ विकेट लिएर सिरहालाई कमजोर अवस्थामा पुर्याए।

मधेस प्रदेश क्रिकेट संघद्वारा आयोजित यो प्रतियोगितामा प्रदेशका ८ वटै जिल्लाका टिमहरूले सहभागिता जनाएका छन्। प्रतियोगिता असोज १९ गतेदेखि सुरु भएको हो भने असोज २९ गतेसम्म चल्नेछ। पर्सा क्रिकेट संघका प्रशिक्षक प्रकाश शर्माका अनुसार, यो प्रतियोगिता मधेस प्रदेशमा युवा क्रिकेट प्रतिभा पहिचान गर्न महत्त्वपूर्ण छ।

Back to top