×

पर्सा, पकहामैनपुर। पर्सा जिल्लाको पकहामैनपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आयोजित शुभ बिजयादशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। पकहामैनपुर वार्ड नं. ५, सबैठवामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि ओबीसीका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निशाद रहेका थिए।

कार्यक्रममा स्थानीय समुदाय र विभिन्न राजनीतिक दलका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि निशादले आफ्नो सम्बोधनमा स्थानीय जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्दै समग्र नेपालको विकासमा एकता र सहयोगको आवश्यकता औंल्याए।

उनले विशेष गरी मधेशी, दलित, जनजाति लगायतका समुदायको समावेशीकरण र सशक्तिकरणका लागि एमालेले खेलिरहेको भूमिकाको प्रसंसा गरे। साथै, उनले राष्ट्रिय स्तरमा पार्टीको सशक्त अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए।

अन्य वक्ताहरूले पनि समावेशी लोकतन्त्रलाई सुदृढ गर्न, सबै जातजाति र समुदायको हकअधिकार सुनिश्चित गर्न, र देशव्यापी रुपमा विकास र समृद्धिको यात्रालाई अघि बढाउन सबैको साथ आवश्यक रहेको धारणा व्यक्त गरे।

यस कार्यक्रमले पकहामैनपुर लगायत पर्सा जिल्लामा एमालेको बढ्दो राजनीतिक प्रभावलाई पनि उजागर गरेको छ।

Back to top