×

बीरगञ्ज ।  प्रकाश डान्स एण्ड फिटनेस स्टुडियो वीरगंजको आयोजनामा नगर सभा गृहमा भव्य डान्डिया उत्सव सम्पन्न भएको छ। बडा दशैं, शुभ दीपावली, र छठ पर्वको अवसरमा आयोजित यस उत्सवमा डान्डिया नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो, जसमा विभिन्न समूहका प्रतिस्पर्धीहरूले भाग लिए।

प्रतियोगिता पाँच समूहमा विभाजित गरिएको थियो। प्रत्येक समूहमा उत्कृष्ठ प्रदर्शन गर्ने प्रतिभावान विजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरियो।

ग्रुप "ए" मा सलाेनी श्रीवास्तव प्रथम, अभंगलेनिया गुप्ता द्वितीय, र आस्था बर्णवाल तृतीय स्थानमा रहे। ग्रुप "बी" मा इशा शर्मा प्रथम, नाभया खेतान द्वितीय, र खुशी शर्मा तृतीय भए। त्यस्तै, ग्रुप "सी" मा पलक अग्रवाल प्रथम, सुमेधा खण्डेवाल द्वितीय, र सान्भी साह तृतीय भए। ग्रुप "डी" मा त्रिश्ता अग्रवाल प्रथम, आन्या सिंह द्वितीय, र मिठी तिवारी तृतीय भएका थिए। अन्त्यमा, ग्रुप "ई" मा घिरित अग्रवाल प्रथम, आदया कर्ण द्वितीय, र आशुतोष कर्ण तृतीय भए।

उक्त कार्यक्रम प्रकाश डान्स एण्ड फिटनेस स्टुडियोका संचालक प्रकाश कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जीवन ज्योति स्कुलकी संचालक मिनाक्क्षी गुप्ता, बीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैलागाई, लिटल बडी प्रि-स्कुलका संचालक एवं प्रिन्सिपल विजय बाल, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नृत्य प्रतियोगितामा निर्णायक मण्डलको भूमिका राजेन्द्र साही, भारती लामा, र काजल अग्रवालले निर्वाह गरेका थिए भने कार्यक्रमको संचालन शिवम साह र मानसी नेपालीले गरेका थिए।

यो भव्य उत्सवले बीरगञ्जवासीलाई रमाइलो र सांस्कृतिक वातावरणमा एकत्रित गराउने अवसर प्रदान गर्यो।

Back to top