×

उच्च प्रोटिनले भरिपूर्ण मासु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ, तर त्यसको सेवन सही तरिकाले गर्नुपर्छ । मासु पचाउन समय लाग्छ ।

केही मानिसहरू मासु खाएपछि दूध, दही, सोडा वा मिठाई खान मन पराउँछन्, जुन सही होइन । यसले तपाईंको पाचनलाई हानि पुर्‍याउन सक्छ । मासु खाएपछि केही खाद्य पदार्थहरूको सेवन कम्तिमा १–२ घण्टा पछि गर्नुपर्छ ।

मासु खाएपछि केही खाद्य पदार्थहरूको सेवन गर्दा पाचन प्रणालीमा नकारात्मक प्रभाव पर्न सक्छ र पेटमा भारीपन वा अन्य समस्याहरू हुन सक्छन् । यहाँ केही यस्ता चीजहरू छन् जुन मासु खाएपछि खानु हुँदैन ।

दूध र डेरी उत्पादन

मासु र दूध वा डेरी उत्पादनहरूको एकसाथ सेवन गर्दा पाचन समस्या हुनसक्छ । दूधले पाचन प्रणालीलाई ढिलो बनाउन सक्छ र अपच वा पेटमा भारीपनको कारण बन्न सक्छ । त्यसैले यसको सेवनबाट बच्नुपर्छ ।

फलफूल

मासु खाएपछि तुरुन्तै फलफूलको सेवन गर्दा पाचन प्रक्रियामा अवरोध हुन सक्छ । विशेष गरी अमिलो फलफूल खाँदा एसीडीटी र अपचको समस्या हुन सक्छ ।

मिठाई नखानुहोस्

मासु खाएपछि मिठाईको सेवनबाट बच्नुपर्छ । यसमा उच्च क्यालोरी हुन्छ । मिठाई र ननवेज दुवै पाचनमा समय लाग्छ र ब्लोटिङको कारण बन्न सक्छ ।

कार्बोनेटेड ड्रिंक्स

मासुसँगै वा पछि कार्बोनेटेड ड्रिंक्स जस्तै सोडा आदि सेवन गर्दा पेटमा ग्यास र अपचको समस्या हुन सक्छ । त्यसैले मासु खाएपछि यसको सेवनबाट बच्नुपर्छ ।

पानीको सेवन कम गर्नुहोस्

मासु खाएपछि तुरुन्तै धेरै पानी पिउँदा पाचन कमजोर हुन सक्छ, जसले पाचन प्रक्रियालाई ढिलो बनाउँछ र अपच वा भारीपनको अनुभव हुन सक्छ ।

Back to top