×

भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ। गएराति सम्पन्न तेस्रो तथा अन्तिम बंगलादेशलाई १३३ रनले पराजित गर्दै भारतले सिरिज ३-० ले कब्जा गरेको हो। 

भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए।

त्यस्तै यसअघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएको थियो  । यसअघि गत बुधबार भएको दोस्रो खेलमा ८६ रनको शानदार जितसहित सिरिज एक खेल अगाबै आफ्नो पक्षमा पारेको थियो।

पहिलो खेलमा असोज २१ गते भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो। 

Back to top