×

वीरगञ्ज। वीरगञ्जबाट ७ सदस्यीय एक टोलीले भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथको दर्शनका लागि आज प्रस्थान गरेको छ। महानगरपालिका वडा नम्बर २५ निवासी श्याम बिनय साह कानुको नेतृत्वमा रहेको टोलीलाई नेकपा एमालेका सांसद प्रभु हजराले आज बिहान शंकराचार्यद्वारमा बिदाई गरेका हुन्।

सांसद हजराले नेपालको झण्डा तथा खादा ओढाएर टोलीलाई बिदाई गर्दै सफल यात्राको शुभकामना व्यक्त गरे। उनले भने, “राम्रोसँग दर्शन गर्नुस्, तपाईहरूको सबै मनोकामना पूरा होस् र सकुशल घर फर्किनुहोस्।”

टोलीमा श्याम बिनय साह, ओमप्रकाश पटेल, अरुण तिवारी, राजा बाबु कुशवाहा, राधेश्याम साह, आदित्य गिरि र अरुण रहेका छन्। यो टोलीले भारतका विभिन्न धार्मिक स्थलहरुको एक हप्ताको भ्रमण गर्ने योजना बनाएको छ।

Back to top