×

वीरगञ्ज। वीरगञ्जमा दरशी अटोमोबाइल्स प्रा.लि.ले नेपालकै पहिलो विद्युतीय अफ-रोडर एसयूभी ओमोडा ई ५ डीएलएक्सको विक्री औपचारिक रुपमा सुरु गरेको छ।

यससँगै, कम्पनीले जेको जे ६ मोडेलको गाडी पनि भव्य रूपमा लञ्च गरेको छ। यी दुवै विद्युतीय सवारी साधनहरूले नेपाली बजारमा विद्युतीय प्रविधिको नयाँ आयाम थपेको छ।

दरशी अटोमोबाइल्स प्रा.लि. वीरगञ्जका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक वितरक हो। कम्पनीले नवीनतम प्रविधिका साथ अत्याधुनिक विद्युतीय सवारी साधनहरू बजारमा ल्याएर स्थानीय बजारमा विद्युतीय सवारीसाधनको उपस्थितिलाई थप बलियो बनाएको छ।

विशेषगरी, ओमोडा ई ५ डीएलएक्स विद्युतीय एसयूभीले अफ-रोडर सेग्मेन्टमा नेपालको बजारलाई लक्ष्य गरेको छ। यसले चुनौतीपूर्ण सडक परिस्थितिहरूमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्दछ।

गाडीहरूको यो सार्वजनिक लञ्चले स्थानीय उपभोक्ताहरूलाई विद्युतीय सवारीसाधनको प्रयोगप्रति आकर्षित गर्न सक्ने विश्वास दरशी अटोमोबाइल्सले लिएको छ। विद्युतीय सवारी साधनहरूप्रति नेपालमा बढ्दो माग र पर्यावरणमैत्री प्रविधिप्रतिको झुकावलाई ध्यानमा राख्दै यी गाडीहरूलाई बजारमा ल्याइएको हो।

ओमोडा ई ५ र जेको जे ६ को विशेषता
ओमोडा ई ५ डीएलएक्सको प्रारम्भिक मूल्य रु. ५५.९९ लाख तोकिएको छ, जसले ४३० किमी रेन्ज, १८० मिमी ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाट मोटर पावर प्रदान गर्दछ । यसैगरी, जेको जे ६ को प्रारम्भिक मूल्य रु. ६९.९९ लाख रहेको छ । यसले ४०० किमी रेन्ज, १३५ किलोवाट मोटर पावर र १८४ पीएस हर्सपावर उपलब्ध गराउँछ । जेको जे ६ मा लिथियम आइरन फस्फेट ब्याट्री, छवटा एयरब्याग, प्यानोरामिक सनरुफ, १५.६ इन्चको केन्द्रीय कन्ट्रोल प्रणाली, र प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम जस्ता आधुनिक सुविधाहरू छन् ।

दरशी अटोमोबाइल्सले गत १४ वर्षदेखि वीरगञ्जका ग्राहकहरूलाई उत्कृष्ट सवारी साधन, सेवा, र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ । कम्पनीले विद्युतीय सवारी साधनहरू र अफ–रोड अनुभवहरू मार्फत स्थानीय बजारमा नवीनतम प्रविधि विस्तार गर्दै आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान पु-याउँदै आएको छ ।

Back to top