×

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा अवस्थित दुर्गा भगवती मन्दिरमा आज विधिवत रूपमा मौला पूजा सम्पन्न भएको छ।

यस पूजा कार्यक्रममा प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक कुमोध ढुंगेलको नेतृत्वमा कार्यालयमा रहेका हतियारहरूको मौला पूजा गरिएको हो।

मौला पूजामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। परम्परागत विधि अनुसार सम्पन्न गरिएको यस पूजामा सुरक्षा व्यवस्थापनसँगै धार्मिक आस्थाको सम्मान गरिएको थियो। मौला पूजाले हतियारहरूमा धार्मिक आस्था अनुसार शक्ति प्राप्त हुने विश्वास गरिन्छ, जसले सुरक्षा जिम्मेवारीमा थप बल प्रदान गर्ने मान्यता रहेको छ।

कार्यक्रममा उपस्थित सबै प्रहरी सदस्यहरूले विधिपूर्वक सहभागिता जनाएका थिए।

Back to top